$
cat Everyday I Am.md
प्रत्येक दिन,
म भनिने अस्तित्वहरु मर्दैछन्
गल्दैछन् अनि ढल्दैछन्
आज उसको पालो त,
भोलि फलानो को,
अनि सायद पर्सि मेरो।
अखिरी आतित्व त मेटिनु नै त छ
अनि अस्तित्व संगसंगै
मैले म भित्र र मेरो वरिपरि सिर्जना गरेको
फगत भ्रमको😶
म छु, र मैले गरेको छु,
भन्ने आडम्बरको छाहरीमा
उसको गरिमामय सृष्टिलाई हेय गर्ने म,
अन्त्यमा उसैको प्रकृतीमा बिलिन हुँदा
अनि उसैको आवरणमा एक हुँदा
कतिको हास्यास्पद बन्छु होला म
उसको प्रेम र अस्तित्वको भिखमा
पाएको मेरो जीवन ,
उसको याद र समर्पणमा बिताउन नसक्दा
अनि आफू स्वयमको कारण आफैलाई बताउँदा
कति असिम झुठको कारक हुन्छु होला म
एक मुठी श्वास , उसको कृपाको
आफ्नो शरिररुपी चादरमा भरी
त्यो स्वास उसैको नाममा समर्पण गर्न नसक्ने म
जिउनु र केवल श्वास फेर्दै मर्नुमा
के नै पो फरक होला र?
Nisan- The Mark