Nisan- The Mark
banner.png
~/writings/your-truths

तिम्रो सत्य कति झुठ छ

अनि तिम्रो झुठ कति सत्य

तर

तिमीलाई सत्य संग के सरोकार?

हर रोज तिमी झुठको खेती संगालिएको अखबार पढ्छौ

अनि आफुलाई ज्ञानीजन सम्झन्छौ

त्यो लेखकले लेखेको झुठ, तिम्रो जिवनको सत्य बन्छ

प्रत्येक दिन लेख फेरिन्छन, अनि तिम्रो सत्य पनि

तिम्रो सत्य क्षणिक छ, अनि तिमीले देखेको तिम्रो जिवन पनि

फलानो मर्यो

या

फलानोको ब्रेकअप भयो

या

फलानो पार्टीकाले ढिस्कानो पार्टीका लाई यसरी दिये चुनौती।

तिम्रो दैनिकी सत्य

फगत वास्तविकता

साच्चै नै!

सत्यको कसलाई नै चासो छ र

चासो त छ केवल- अरुको अनि झुठको

अनि तिम्रो समाज नै झुठो त बनाएको छौ नि--

त्यो वेश्यालाई उसको कर्मले गलत अनि

हिन मान्ने तिमी

आफ्नो सयन कक्षमा आफ्नी अर्धांगिनीसङ्ग

त्यही कृत्य गर्दा

संसारको सबैभन्दा ठूलो खुसी पाएको सम्झना सजाउछौ

त्यो माग्नेलाई कर्म गरेर खाउ न भनी

अर्ति दिने तिमी

इश्वोरको दरवारमा हर रोज

खुसी अनि समृद्धिको भिख माग्दछौ

सत्यको पर्वाह त कसलाइ पो छ र?

झुठ भित्र रुमलिएको दृस्टी अनि

भ्रमको पिन्जडामा थुनिएको चेतनामा

त्यो स्वतन्त्र प्रकासको समझ कसरी पो सम्भव छ र?